IME Life New

चैत १२ गतेबाट अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै सिंगटी हाइड्रो इनर्जी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत विक्री गर्ने भएको छ। कम्पनीले चैत १२ गतेबाट उक्त हकप्रद शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । चैत २० गतेभित्र निबेदन आइपुग्ने गरि आबेदन दिनलाई ईच्छुक सर्वसाधारणलाई कम्पनीले एक सूचना जारी गर्दै जानकारी गिराएको छ ।

कम्पनिले यस अघि हकप्रद बिक्रि खुला गरेको हकप्रद शेयरमा माग बमोजिम आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयर जो कोहिले आबेदन दिन पाउने गरि लिलामी मार्फत बिक्रि खुला गरेको हो। इच्छुकले यहि चैत १२ देखि चैत २० गते भित्र आबेदन दिन सक्नेछन् ।

Esewa
Crest

ईच्छुकले मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, सिन्धु विकास बैंकका तोकिएका शाखा कार्यलयबाट आबेदन फारम लिएर चैत २० गते कार्यालय समयभित्र निबेदन दिन सक्नेछन।

बिक्रीका लागि लिलाम बढाबढमा राखिएका ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयरमध्ये २६ लाख ८५ हजार ९५० कित्ताको लक् इन अवधि २०८० चैत २६ गतेसम्म रहेको समेत कम्पनीले जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS