IME Life New

मैलुङ्ग खोला जलविद्युतको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकबाट उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३८ करोड ८१ लाख ४३ हजार रुपैयाँको कुल २.३३८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको २.२२११ प्रतिशतले हुन आउने ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.११६९ प्रतिशतले हुन आउने ४ लाख ३० हजार ३५९.१७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यसैबीच सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारणसभा चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले कम्पनीको प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको हालको जारी तथा चुक्तापुँजीलाई वृद्धि गरी ३७ करोड ६३ लाख १९ हजार ८२४.१७ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभाम भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS