IME Life New

पिपुल्स हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (चैत ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा चैत ३० गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभाले कम्पनीको चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। अधिकृत र जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले संस्थाप शेयरधनीतर्फका ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS