IME Life New

बिमा क्षेत्रका टेक्नोमार्केटिङ बिज्ञ-रमेशकुमार भट्टराई यूनाईटेड इन्स्योरेन्सको नायव महाप्रबन्धकमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौ बैशाख १८: यूनाईटेड इन्स्योरेन्स कम्पनीको नायव महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १६ गते नियुक्ती पाएका भट्टराईले बैशाख १९ गते बुधबार देखि आफ्नो कार्यभार सम्हाल्ने भएका छन् ।

अधिकृत तहबाट बिमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी १९ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ ।

Esewa
Crest

बिगतमा सन् १९९९ दखि २००२ सम्म करिब ३ वर्ष यूनाईटेड इन्स्योरेन्स कम्पनीमै काम गरेका र सोही कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका भट्टराईको आगमन सगै कम्पनीमा नयाँ उत्साह र आशाको संचार भएको छ, उनले सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका हुन। करिब दुई दशक बीमा क्षेत्रमा अनुभव बटुलेका भट्टराई बिमा क्षेत्रमा सरल तथा राम्रो छबिका व्यक्ति मानिन्छन ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ, कम्पनीको २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताब संचालक समितिले पारित गरे पनि संस्थागत सुशासनको कमी देखिएको कारण तत्काल हकप्रद सेयर निस्कासनको सम्भावना कम रहेको छ, जसको कारण बिमा समितिले तोकेको समयमै पुंजी कायम गर्न समस्या देखिन सक्छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको प्रिमियम आम्दानी घटेको भए पनि बिमा क्षेत्रमा सक्षम तथा सालिन देखिएका भट्टराईको आगमन सगै कम्पनीले छिट्टै नयाँ उचाई लिन सक्ने बिश्वास संचालक समितिले लिएको छ ।

नेपाली बिमा क्षेत्रमा ‘टेक्नोमार्केटिङ’ मा अनुभवी तथा एक सफल प्रयोगकर्ताको रुपमा बिशेष पहिचान बनाएका भट्टराईको अनुभबको सही सदुपयोग गर्नसके यूनाईटेड इन्स्योरेन्स कम्पनीले भबिष्यमा सफलताको शिखर चुम्न सक्ने आशा गर्न सकिन्छ । यसअघि भट्टराई नेको इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धक थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS