IME Life New

सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजनामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाडौं माण्डौ स्थित काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो । अन्त्यमा सहभागि विद्यार्थीहरुका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरियो ।

Esewa
Crest

उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS