काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३४ अंकले घटेर २,०६३ को विन्दुमा कायम भएको छ । आज बजार घट्दा पनि चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन ्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।