IME Life New

शेयर बजारलाई चलायमान बनाउने सत्तारुढ ५ दलको संकल्प (पूर्णपाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्तारुढ ५ राजनीतिक दलले आज सार्वजनिक साझा संकल्पको प्राथमिकतामा शेयर बजार परेको छ। शेयर बजारलाई चलायमान बनाउने संकल्प गरिएको छ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प प्रस्तुत गरेका हुन्। अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने संकल्प गरिएको छ। यसका लागि विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउन प्रतिबद्धता गरिएको छ।

Esewa
Crest

यसैगरी सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै तात्कालिक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पुर्याउने विभिन्न कानुनहरु संशोधन गर्ने सत्तागठबन्धनको संकल्प छ।
सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रुपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरुको पहिचान र परिचालन गर्ने संकल्प पनि सत्ता गठबन्धनको रहेको छ।
कुनै पनि कालखण्डको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि छानबिन गर्ने संकल्पमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने संकल्प पनि गरिएको छ।

संकल्प

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS