काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा बन्द भएको छ।
बजार ओरालो लाग्दा १०४ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
हिजोको तुलनामा कारोबार भने बढेको छ। आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- शिवम सिमेन्टः २५ करोड ९७ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १८ करोड ८९ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः १५ करोड ८२ लाख रुपैयाँ
- घोराही सिमेन्टः १० करोड १६ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ९ करोड ५५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६१ लाख रुपैयाँ
- पिपुल्स पावरः ७ करोड १७ लाख रुपैयाँ
- अपर तामाकोशीः ६ करोड ९८ लाख रुपैयाँ
- आईसीएफसी फाइनान्सः ६ करोड ६४ लाख रुपैयाँ
- सूर्यज्योति लाइफ इन्स्योरेन्सः ६ करोड ४१ लाख रुपैयाँ