IME Life New

शेयर लगानीकर्तालाई धितोपत्र बोर्डको ३० सूत्र, जालसाजी तथा छलकपटबाट बच्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयरमा लगानी गर्नुअघि देशको सामाजिक तथा राजनीतिक पक्षलाई ध्यानमा राख्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ।

ग्लोबल मनी विकका अवसरमा एक ३० बुँदे सचेतनामूलक सन्देश जारी गर्दै धितोपत्र बोर्डले यस्तो आग्रह गरेको हो। देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति एवं ब्याजदरजस्ता पक्षको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा लगानी गर्दा यी सबै पक्षलाई ध्यान दिन धितोपत्र बोर्डले सुझाव दिएको छ।

Esewa
Crest

लगानी क्षमता र प्रतिफलमा समग्र मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिँदै लगानीको प्रतिफल मूल्यांकनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउन धितोपत्र बोर्डले सुझाव दिएको छ। विशेषगरी एकल तथा अप्रत्याशित घटना एवं असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी विविधिकरणको महत्वलाई पहिचान गर्न धितोपत्र बोर्डले सुझाव दिएको छ।

इन्टरनेटलगायत अन्य सामाजिक सञ्जालबाट लगानीसम्बन्धी प्राप्त सूचना, जानकारी तथा विवरणहरुलाई सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गरी लगानी निर्णय गर्न पनि धितोपत्र बोर्डको आग्रह छ। धितोपत्रमा गरिने लगानीमा प्रतिफलसँगै जोखिमसमेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी क्षमताअनुरुप लगानी विविधिकरणमा ध्यान दिन धितोपत्र बोर्डले सुझाव दिएको छ।

धितोपत्र बोर्डले शेयर कारोबारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरुबाट सुरक्षित रहन लगानीसम्बन्धी रणनीतिक योजना तयार गर्नुका साथै आपतकालीन कोषको व्यवस्था गर्न पनि सुझाव दिएको छ। कुनै पनि शेयरमा लगानी गर्नुअघि हतार नगरी लगानीका सम्बन्धमा स्वतन्त्र रुपमा अध्ययन र अनुसन्धान गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।

धितोपत्र बजारमा लगानी गर्नेहरुले धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमुखी बनाउनु धितोपत्र बोर्डले सुझाव दिएको छ। धितोपत्र कारोबारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न एवं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्वविवेकी निर्णय गर्न धितोपत्र बोर्डले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS