काठमाडौं । चैत ५ गते सोमबार नेप्से परिसूचक २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३.२७ अंकले बढेको छ ।
२ अर्ब ८८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड ७५ लाखको कारोबार भएको छ जसमा १७ करोड ६० लाखको खरीद छ भने १४ करोड १५ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १३ करोड २७ लाखको खरीद छ भने १४ करोड २६ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले विक्री धेरै गरेका छन् ।