IME Life New

विद्युत प्राधिकरण र ट्रेड युनियनहरुबीच ७ बुँदे सहमति, कर्मचारी बीमा र सापटीलगायतमा समझदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन र क्रियाशील ट्रेड युनियनहरुबीच बीमा र कर्मचारी सापटीलगायत ६ बुँदे सहमति भएको छ। गत फागुन २२ गते आधिकारिक ट्रेड युनियनसहित क्रियाशील ट्रेड युनियनबाट पेस भएको ध्यानाकर्षण सम्बन्धमा विभिन्न चरणमा वार्ता भई चैत ४ गते विद्युत प्राधिकरणको व्यवस्थापन र क्रियाशील ट्रेड युनियनहरुबीच समझदारी भएको हो।

यस्ता छन् सहमतिका बुँदा

Esewa
Crest

ईपीआरमा २१ दिने हाजिरी मापदण्ड: मासिक न्यूनतम हाजिरी दिन १५ रहने व्यवस्था गरी २१ दिन हाजिर भएमा पूरा ईपीआर पाउने तथा १५ देखि २० दिन हाजिर भएमा दामासाहीले ईपीआर पाउने व्यवस्था सहितको प्रस्ताव आगामी सञ्चालक समितिको बैठकमा पेसा गर्ने।

५२ महिनाबराबरको सावधिक जीवन बीमा लागू गर्ने: पूर्वसहमतिअनुरुप व्यवस्थापन तथा ट्रेड युनियन दुवैले आ–आफ्नो तर्फबाट निर्णय कार्यान्वयन हुने व्यवस्था मिलाउन निरन्तर रुपमा पहल गर्ने।

ज्यालादारी जनशक्तिलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्ने: सञ्चालक समितिबाट मासिक ज्यालादारीमा नियुक्ति गर्ने सम्बन्धमा विगतमा भएका निर्णयसमेतका आधारमा आवश्यक कार्यविधिसहित कार्यान्वयनको निर्णय हुन सञ्चालक समितिसमक्ष अनुरोध गर्ने।

एनआईसी एसिया बैंकसँग भएको सम्झौता: प्राधिकरणका कर्मचारीले प्रचलित कर्मचारी सेवा, सर्त विनियमावलीअनुरुपको औषधोपचारसहितको बीमा दाबी सुविधा प्राधिकरणबाट नै कार्यान्वयन हुने व्यवस्था यथाशीघ्र मिलाउने ।

विभिन्न वितरण केन्द्रहरुमार्फत भएको नोलाइट ठेक्का

  • सम्बन्धित वितरण केन्द्रहरुबाट नो–लाइट ठेक्काका प्रावधानहरु तथा सम्झौताका सर्तहरु प्राप्त गरी अध्ययन गर्ने ।
  • प्राधिकरणको स्रोतसाधन दुरुपयोग हुन नदिने व्यवस्था मिलाउने।
  • ठेक्का लागेपछि भएका सुधारसमेतको विश्लेषण गरी ठेक्काको आवश्यकता र औचित्यता निक्यौल गर्ने।
  • यस प्रकारका ठेक्का बन्दोबस्त गर्नुपूर्व आधिकारिक ट्रेड युनियनसँग समेत छलफल गरी अबोप्रान्त हुने यस प्रकारका ठेक्का व्यवस्थापनको निर्णय गर्ने।

कर्मचारी सापटी: विभिन्न विकल्पहरुको विश्लेषण गरी सहज रुपमा कर्मचारीले ऋण सापटी प्राप्त गर्ने व्यवस्था यथाशीघ्र मिलाउने ।

उपरोक्त सहमतिका आधारमा क्रियाशील ट्रेड युनियनहरुबाट चैत ६ गतेदेखि गर्ने घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS