Connect IPS
IME Life

करका दर परिवर्तन गर्दा तीन महले अनिवार्यः अर्थमन्त्री पुन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भइसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । मन्त्री पुनले भने “करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौं। केहि देशमा यो अभ्यास छ ।”

Prabhu
Crest

अहिले आर्थिक मन्दी नभएर आर्थिक सुस्तता देखिएको मन्त्री पुनको भनाई छ । “सबै क्षेत्र खराब भएको छैन, पुर्व अर्थमन्त्रीहरुले पनि धेरै मेहनत गर्नुभएको छ । सार्वजनिक वित्तमा केहि समस्या छन्। पुँजिगत खर्च बढाउन सकिएको छैन । राजस्व अपेक्षा अनुसार बढ्न सकेको छैन,” उनले भने “अहिले जनताको तल्लो तहमा पैसा पुर्याउने सहकारी र लघुवित्त दुबै समस्यामा छन् । हामीले लघुवित्त पिडितलाई बोलाएर वार्ता गरिसकेका छौं ।”

निर्माण व्यवसायीको ४० अर्ब भुक्तानीको काम सुरु हुन लागेको भन्दै उनले यसबाट राजस्व बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS