IME Life New

सहकारी संस्थाका ऋणीलाई ऋणको साँवा-ब्याज चुक्ता गर्न काठमाडौं महानगरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋणको साँवा–ब्याज चुक्ता गर्न आग्रह गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, सोहीबमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यमा अनुरोध छ’, सूचनामा भनिएको छ, ‘अन्यथा कानुनबमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइनेछ।’

Esewa
Crest

पछिल्लो समय सहकारी संस्थाहरुमा आएका विविध समस्याहरुले सहकारीहरुको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको कुरा सर्वविदितै रहेको सूचनामा उल्लेख छ। ‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै ऋणीहरुलाई कर्जाको रुपमा प्रवाह हुने गर्दछ । ऋणी सदस्यहरुले लिएको ऋण रकमको समयमा साँवा तथा व्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरुले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्नेजस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरहेका छन्’, सूचनामा भनिएको छ।

केही सहकारी संस्थाहरुमा तरलताको समस्याले सदस्यहरुको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि सूचनामा जनाइएको छ। ‘ऋणी सदस्यहरुले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ’, सूचनामा अवगत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS