IME Life New

अर्थमा सोमबार शेयर बजार सुधारका लागि संयुक्त कार्ययोजना पेस गर्दै धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजार सुधारका लागि संयुक्त कार्ययोजना भोलि सोमबार अर्थ मन्त्रालयमा पेस गर्ने भएको छ।

धितोपत्र बोर्ड सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीले सरोकारवाला निकायहरुबाट प्राप्त राय–सुझावलाई एकीकृत गरी संयुक्त रुपमा सोमबार अर्थ मन्त्रालयमा पेस गर्ने निर्णय गरेको हो। ‘संयुक्त कार्ययोजना भोलि अर्थ मन्त्रालयमा पेस गर्ने निर्णय सञ्चालक समितिले गरेको छ’, सञ्चालक शुरकृष्ण वैद्यले इन्स्योरेन्स खबरसँग भने।

Esewa
Crest

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक आज साँझ ५ बजेबाट सुरु भएको थियो। बैठक भर्खरै (साँझ ८ बजे) सकिएको छ। ‘धितोपत्र बोर्डको म्यानेजमेन्ट कमिटीले कार्ययोजनाको एउटा संयुक्त ड्राफ्ट तयार पारेको थियो, त्यसमाथि छलफल भयो’, वैद्यले भने, ‘भोलि कार्ययोजना अर्थ मन्त्रालयमा पेस हुन्छ।’

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार सम्हालेलगत्तै शेयर बजार सुधारका लागि धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई सरोकारवाला निकायहरुसँग छलफल गरी कार्ययोजना पेस गर्न निर्देशन दिएका थिए। त्यसपछि धितोपत्र बोर्डले नेप्से र सीडीएससीसँगको सहकार्यमा सरोकारवाला निकायहरुसँग छलफल गरी शुक्रबार नै संयुक्त कार्ययोजना तयार गरेको थियो। ‘शुक्रबार नै अर्थ मन्त्रालयमा कार्ययोजना पेस गर्ने तयारी भएको थियो तर सकिएन’, धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘आज सञ्चालक समितिले अर्थ मन्त्रालयमा कार्ययोजना पेस गर्ने निर्णय गरेको छ। भोलि अर्थ मन्त्रालयमा धितोपत्र बोर्डले कार्ययोजना पेस गर्ने छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

6%
sad

दु :खी

0%
amazed

अचम्मित

12%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS