काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा झरेको छ।
बजार घट्दा ८४ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने १५० वटाको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
घटेको बजारमा आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ।
उच्च कारोबार भएका १० कम्पनी
- शिवम सिमेन्टः ४१ करोड ६४ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः २३ करोड ७ लाख रुपैयाँ
- अपर तामाकोशीः १३ करोड ७८ लाख रुपैयाँ
- घोराही सिमेन्टः ११ करोड २६ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः १० करोड ५७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड १८ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः ५ करोड ५६ लाख रुपैयाँ
- सन नेपा लाइफ इन्स्योरेन्सः ५ करोड ३ लाख रुपैयाँ
- कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड ७६ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ४ करोड ७३ लाख रुपैयाँ