IME Life New

भारतको गोरखपुर जोड्ने प्रशारण लाइनका लागि एमसिसिले ठेक्का लगाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अनुदान सहयोगमा सञ्चालन भइरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाले ४०० केभी प्रसारण लाइनको डिजाइनका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै बोलपत्र आह्वान गरेको हो । निर्माण व्यवसायीले जेठ १७ गतेसम्ममा बोलपत्र दर्ता गर्न सक्नेछन् । यसअघि एमसीए–नेपालको ४०औँ बोर्ड बैठकले ३१५ किलोमिटर प्रसारण लाइनबाट १८ किलोमिटर खण्ड छुट्याएर फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय गरेको थियो ।

Esewa
Crest

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण हुन लागेको प्रशारण लाइन अब चार खण्डमा निर्माण गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो खण्ड र बाँकी प्रसारण लाइन निर्माण गर्दा अन्तरदेशिय प्रशारण लाइन निर्माणमा ढिलाई हुने चिन्ता थियो। अब अन्तरदेशिय प्रसारण लाइनको निर्माण यथाशीघ्र सम्पन्न गर्न एमसीएले १८ किलोमिटर खण्ड छुट्टाछुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो । भारतमा निर्माणाधीन प्रशारण लाइनमा जोड्न सन् २०२६ भित्र यसको निर्माण सम्पन्न गर्ने योजना छ ।

एमसीए नेपालले यसअघि ३१५ किलोमिटर प्रसारण लाइनका लागि तीन खण्डमा बोलपत्र आह्वान गरेको थियो। न्यूनतम प्रस्तावित रकम नै पूर्वानुमानित रकमभन्दा ६० प्रतिशत महँगो भएपछि ठेक्का प्रकृया नै रद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS