IME Life New

यो साता नेप्से ५० अंकले बढ्दा लगानीकर्ताले कमाए रु. ७९ अर्ब बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्रीमा वर्षमान पुन इन्ट्री भएसँगै शेयर बजार सुधारका लागि पहल सुरु भएको छ। अर्थमन्त्री पुनले बजार नियामकहरुलाई शेयर बजार सुधारका लागि कार्ययोजना पेस गर्न निर्देशन दिइसकेका छन्।

बजार नियामक नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले सरोकारवालासँगको छलफल सकेर संयुक्त कार्ययोजना तयार पारिसकेका छन्। अब धितोपत्र बोर्डले उक्त कार्ययोजनालाई आउँदो आइतबार अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ।

Esewa
Crest

पुन अर्थमन्त्री भएसँगै केही दिन बजार केही अंकले उकालो पनि लागेको छ। यो साताकै कुरा गर्ने हो भने बजार ५० अंक बढीले उकालो लागेको छ। चार दिन कारोबार भएको यो साता दुई दिन बजार बढेको छ भने दुई दिन घटेको छ। नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबार २०८०.८७ मा बन्द भएको छ। अघिल्लो साता बिहीबार नेप्से परिसूचक २०३०.५५ को विन्दुमा बन्द भएको थियो।

यो साता नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेका छन् भने एउटा मात्रै घटेको छ। बैंकिङ, होटेल तथा पर्यटन, अन्य, विकास बैंक, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, वित्त, व्यापार, लघुवित्त, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूह बढेका छन्। जलविद्युत समूहमात्रै घटेको छ।

यो साता बजार पुँजीकरण पनि बढेर ३२ खर्ब ७० अर्ब ८५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति ७९ अर्ब १० करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS