IME Life New

सेबोनलाई नेप्सेको सुझावः ५ वर्ष बढीको होल्डिङमा पुँजीगत लाभकर नलिऔँ, नेप्सेको पुनर्संरचना गरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई शेयर बजार सुधारका लागि कार्ययोजनामा पेस गर्न १५ बुँदे सुझाव पेस गरेको छ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि सरोकारावालासँग छलफल गरी कार्ययोजना पेस गर्न सेबोन, नेप्से र सीडीएससीलाई सुझाव दिएको छ। सीडीएससीसँगको छलफलपछि नेप्सेले संयुक्त रुपमा सेबोनमा सुझाव पेस गरेको हो। ‘सेबोनले सबै सुझावहरु अध्ययन गरेर एउटा संयुक्त कार्ययोजना तयार गरिसकेको छ’, सेबोन स्रोतले भने, ‘सम्भव भएसम्म आजै उक्त संयुक्त कार्ययोजना अर्थ मन्त्रालयमा पेस गर्छौं।’

Esewa
Crest

नेप्सेले बिहीबार सेबोनसमक्ष पेस गरेको सुझावमा नेप्सेको पुनर्संचरनादेखि शेयर लगानीकर्तालाई लगाइएको पुँजीगत लाभकरको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका विषय समेटिएका छन्। ५ वर्षभन्दा बढीको होल्डिंगमा पुँजीगत लाभकर नलाग्न व्यवस्था गर्न नेप्से सुझाव दिएको छ।

त्यस्तै अल्पअवधि (होल्डिङ पिरियड १ वर्षभन्दा कम)मा पुँजीगत लाभको ५ प्रतिशत, मध्यमअवधि (होल्डिङ पिरियड १ देखि ३ वर्षसम्म)मा पुँजीगत लाभको ३ प्रतिशत र दीर्घ अवधि (होल्डिङ पिरियड ३ देखि ५ वर्षसम्म)मा पुँजीगत लाभको १ प्रतिशत कायम गर्न नेप्सेले सुझाव दिएको छ।

यसैगरी नेप्सेको सुझावमा नेप्सेको पुनर्संरचना गर्ने विषय पनि समेटिएको छ। सर्वसाधारण तथा सुशासनयुक्त स्वदेशी वित्तीय संस्थालाई नेप्सेको शेयर जारी गर्ने, पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमतासहितको विदेशी स्टक एक्सचेन्जलाई रणनीतिक साझेदारका रुपमा भित्र्याउर्नुपर्ने नेप्सेको सुझाव छ।

अन्तर्दिवसीय कारोबार (डे ट्रेडिङ), धितोपत्रको सापटी लिनेदिने सञ्चालनमा ल्याउन आवश्यक नीतिगत व्यवस्था गर्ने तथा अक्सन मार्केटलाई क्रियाशील बनाउनुपर्ने नेप्सेको सुझाव दिएको छ। बुक बिल्डिङको विकल्पमा अन्डरराइटरमार्फत सोझै सूचीकरणको समेत व्यवस्था गर्नुपर्ने नेप्सेको सुझाव छ।

suggestion _1_

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS