काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसनले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । एशोसिएसनले किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा स्नातक तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरू सहभागि हुन पाउनेछन् । यस सप्ताह चैत ५ देखि चैत ११ गतेसम्म आयोजना हुनेछ ।
प्रतियोगिता ‘इनीसिएटिभ्ज इन फोस्टरिङ फाइनान्सियल लिट्रेसी इन क्यापिटल मार्केट अफ नेपाल भन्ने विषयमा हुनेछ । प्रतियोगिताका लागि विभिन्न सर्तहरू तोकेको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । उक्त निबन्ध चैत ७ गते साझ ५ बजेसम्म कार्यालयको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने जनाएको छ ।