IME Life New

राष्ट्रियस्तरका विकास बैंकको नाफा करिब पौने ३ अर्ब, गरिमालाई पछ्याउँदै मुक्तिनाथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन्।राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिनाको अवधिमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा रहेको छ। यो बैंकले मात्रै ५५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले यो ७ महिनामा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

शाइन रेसुंगा ४३ करोड ७१ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ३३ करोड ४० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

यसैगरी माघसम्म कामना सेवाले ३१ करोड २३ लाख रुपैयाँ, लुम्बिनीले २१ करोड १३ लाख रुपैयाँ, ज्योतिले १७ करोड ७६ लाख रुपैयाँ र सांग्रिलाले १५ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS