IME Life New

अधिकांश बैंकहरुले घटाए व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, संस्थागतको भने बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश बैंकहरुले चैतका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले चैतमा लागू हुने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्।

वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत, कृषि विकास बैंकले ५.६६ प्रतिशत, सिटिजन्स बैंकले ७.१५ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। यसअघि फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७.२५ प्रतिशत, लक्ष्मी सनराइजले ८ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत, कृषि विकास बैंकले ६.४४ प्रतिशत, सिटिजन्स बैंकले ८.५ प्रतिशत र सिद्धार्थ बैंकले ८ प्रतिशत अधिकतम ब्याज दिएका थिए।

Crest

यस्तै चैतमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत, कृषि विकास बैंकले ४.५१ प्रतिशत, सिटिजन्स बैंकले ६.१५ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। यसअघि फागुनमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ५.७५, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, कृषि विकास बैंकले ४.९४ प्रतिशत, सिटिजन्स बैंकले ६.१५ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएको थियो। यस हिसाबले अधिकांश बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ।

अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने भएका छन्। फागुनमा प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ७.५ प्रतिशत र ग्लोबल आइएमई बैंकले ७.६ प्रतिशत ब्याज दिएका थिए। अब यही ब्याजदर चैतमा पनि निरन्तरता पाउने दुवै बैंकले सूचना प्रकाशित गरी जानकारी गराएका छन्। यसमा १ प्रतिशत कम हुने गरी संस्थागत मुद्दति निक्षेपको ब्याज दिने छन्।

उता राष्ट्रियस्तरका विकास बैंकहरुले पनि चैतमा लागू हुने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन्। चैतमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.०५ प्रतिशत भएका छन्। फागुनमा राष्ट्रियस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

राष्ट्रियस्तरका विकास बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने चैतमा बढेको छ। फागुनमा संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.८ प्रतिशत ब्याज दिएका विकास बैंकले चैतमा भने ७.०५ प्रतिशत ब्याज दिने भएका छन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशतमात्र कम गर्न पाउने व्यवस्था गरेको थियो। सोही कारण बैंकहरुको व्यक्तिगततर्फको मुद्दति निक्षेप ब्याजदर घटे पनि संस्थागततर्फको घटेको छैन। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशतले कम गर्न पाउने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS