IME Life New

धितोपत्र बोर्डको अध्यक्षमा ४ जनाको पर्यो आवेदन, को–को छन् आकांक्षी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त दिने आज फागुन ३० गते अन्तिम दिन रहेको छ सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते एक सूचना प्रकाशित गरी धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। इच्छुक उम्मेदवारले आज साँझसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्।

महाशाखा स्रोतका अनुसार हिजो साँझसम्म ४ जनाको आवेदन परेको छ। ‘जसमा धितोपत्र बोर्डभित्रैबाट दुईजनाको आवेदन परेको छ’, स्रोतले भन्यो।

Esewa
Crest

धितोपत्र बोर्डभित्रैबाट आवेदन दिनेमा निमित्त प्रमुख डा.नवराज अधिकारी र कार्यकारी निर्देशक कृष्णराज पोख्रेल छन्। ‘साबिक बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं र राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि आवेदन दिएका छन्’, स्रोतले भन्यो।

त्यसो त धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ पनि अध्यक्ष बन्ने दौडमा सामेल हुन सक्ने सम्भावना रहेको छ। ‘श्रेष्ठले आज आवेदन दिने तयारी गरिरहेका छन्’, धितोपत्र बोर्ड स्रोतले भन्यो।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। समितिले परेका आवेदनबाट योग्य तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। यसरी सिफारिस गरिएका तीनजनाबाट सरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS