IME Life New

यी गल्तीले शेयर बजारमा पैसा हुन सक्छ स्वाहा, लगानी अघि यी कुरा बुझ्न जरुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम समयमा धेरै पैसा कमाउनका लागि शेयर बजार धेरै राम्रो मानिन्छ। तर, यो बजार उत्तिकै जोखिमपूर्ण पनि मानिन्छ। यसमा जति छिटो पैसा बढ्छ, उति नै डुब्ने डर हुन्छ। त्यसैले लगानी गर्नुअघि बजारलाई राम्रोसँग बुझ्नुपर्छ। शेयर बजारमा गलत दृष्टिकोणले तपाइँको सम्पूर्ण पुँजी डुब्न सक्छ। यी गल्ती लगानीकर्ताले कहिल्यै गर्नुहुँदैन।

गृहकार्य नगर्ने

Esewa
Crest

यदि तपाइँले शेयर बजारमा लगानी गर्ने निर्णय गर्नुभएको छ भने पहिले यसका बारेमा सबै महत्वपूर्ण कुरा जान्नु अतिआवश्यक छ। बजारको सामान्य शब्दावली जान्नेदेखि शेयर छनोटसम्म सबै जानकारी संकलन गर्नुहोस्। यसका लागि भरपर्दो स्रोतहरु पनि खोज्नुहोस्। इन्टरनेटमा भिडियो हेरेर वा अरुको कुरा सुनेर बजारमा पैसा लगानी गर्नु बुद्धिमानी होइन। शेयर बजारमा प्रवेश गर्नुअघि गृहकार्य गर्न धेरै महत्वपूर्ण छ। गृहकार्य नगरी फिल्डमा हामफाल्नुभयो भने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ।

भीडको पछि लाग्ने

कयौँपटक कम्पनीको शेयरले अचानक गति लिँदा मानिसहरुले त्यसमा पैसा लगानी गर्न थाल्छन्। तर, भीडको पछि कहिल्यै नभाग्नुहोस्। कुनै पनि शेयरमा लगानी गर्नुअघि त्यसका आधारभूत कुरा बुझ्नुहोस्। कम्पनीको मूल्यांकन गर्नुहोस् र सम्भव भएमा विशेषज्ञको सल्लाहमा पैसा लगानी गर्नुहोस्। अरुलाई हेरेर पैसा लगानी गर्दा तपाइँलाई ठूलो नोक्सानी हुन सक्छ।

आफूलाई विज्ञ ठान्ने गल्ती

मानिसहरुले प्रायः गर्ने एउटा गल्ती भनेको आफूलाई विज्ञ ठान्ने हो। तर, स्मरण रहोस् शेयर बजारमा अनिश्चितता हुन्छ। यसमा तपाइँको अनुमान कहिलेकाहीँ सही वा गलत साबित हुन सक्छ। त्यसैले आफूलाई शेयर बजारको विज्ञ सम्झेर अत्याधिक आत्मविश्वासमा नपर्नुहोस्। धेरै पटक यस्तो अवस्था आउँछ कि वर्षौंको अनुभव भएका लगानीकर्ताले पनि अगाडिको बाटो बताउन सक्दैनन्। त्यसैले अनुमान गर्नबाट जोगिनुहोस्। बजार र शेयरको अध्ययन गर्नुहोस् र बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्।

धैर्यता अति महत्वपूर्ण

छिटो पैसा कमाउनका लागिमात्र लगानी नगर्नुहोस्। बजारमा प्रवेश गर्दा धेरै धैर्य र अनुशासन आवश्यक छ। तपाइँको सानो गल्तीले ठूलो नोक्सान हुन सक्छ। त्यसैले धेरै जोखिम नलिनुहोस्। बजारमा ठूलो उतारचढाव हुँदा शेयर किनबेच गर्नु उचित मानिँदैन। यस्तो अवस्थामा कहिलेकाहीँ परिस्थितिलाई ध्यानमा राखेर लामो समयसम्म शेयर होल्ड गर्नुपर्ने हुन्छ। यी अवस्थामा धैर्य नगर्ने हो भने समस्यामा पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS