IME Life New

शेयर बजारमा दुवै बीमा समूहसहित यी ५ सेक्टरको उच्च कारोबार, शीर्ष स्थानमा हाइड्रो (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा चालु आर्थिक वर्षको ७ महिना माघसम्म सर्वाधिक कारोबार भएका पाँच समूहमध्ये दुवै बीमा समूह पर्न सफल भएको छ। कारोबारका हिसाबले जलविद्युत समूहका कम्पनीहरुको शेयर सर्वाधिक किनबेच भएका छन् भने जीवन बीमा समूह दोस्रो र निर्जीवन बीमा समूह पाँचौँ स्थानमा पर्न सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांकले यस्तो देखाएको हो। यो ७ महिनामा शेयरमा बजारमा ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कुल कारोबारमा हाइड्रोपावर समूहका कम्पनीहरुको १ खर्ब २ अर्ब १० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। जुन कुल कारोबारको २८.८ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी यो ७ महिनामा वाणिज्य बैंक समूहको ४२ अर्ब १९ करोड र जीवन बीमा समूहको ३६ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । कारोबारका हिसाबले वाणिज्य बैंक समूह र बीमा समूह क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुल कारोबारमा वाणिज्य बैंकको हिस्सा ११.९ प्रतिशत र जीवन बीमा समूहको १०.४ प्रतिशत रहेको छ।

माघसम्म कारोबारको हिसाबले चौथो स्थानमा उत्पादन तथा प्रशोधन समूह रहेको छ। यो समूहका कम्पनीहरुको २९ अर्ब ३३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। कारोबारमा यो समूहको हिस्सा ८.३५ प्रतिशत रहेको छ।

पाँचौँ स्थानमा निर्जीवन बीमा समूह रहेको छ। कुल कारोबारमा यो समूहको हिस्सा ६.८ प्रतिशत रहेको छ। माघसम्म यो समूहका कम्पनीहरुको २४ अर्ब ९ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

यो कुल कारोबारमा डिबेन्चर तथा म्युचुअल फन्ड इकाइ किनबेचसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS