IME Life New

ग्लोबल आइएमईलाई विश्वकै उत्कृष्ट हजार बैंकभित्र सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चुक्तापुँजीको हिसाबले नेपालको सर्वाधिक ठूलो ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट १ हजार बैंकको सूचीमा समावेश गराउन सम्भव भएको बताएका छन्। बैंकको आधिकारिक युट्युब च्यानलमा एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ढकालले विश्वको हजारमध्ये बैंकका रुपमा सूचीकृत गर्नका लागि एक–दुई वर्षको लाभांश रकमले नै पुँजी पर्याप्त हुने दाबी गरेका हुन्।

विश्वभरका बैंकहरुको कारोबारसँग सम्बन्धित तथ्यांक संकलन र मूल्यांकन गर्दै आएको द बैंकरले सार्वजनिक गरेको सन् २०२३ को विश्वका शीर्ष १ हजार बैंकहरुको सूचीको पुछारमा रहेको उत्तर अमेरिकी वित्तीय संस्थान जर्मन अमेरिकन बैंकर्पको सम्पत्ति ६१५६ मिलियन अमेरिकी डलर बराबर रहेको थियो। ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यसको खुद सम्पत्ति ४१८१.२४ मिलियन अमेरिकी डलरबराबर रहेको छ। ग्लोबल आइएमई बैंकको चुक्तापुँजी २७३ मिलियन अमेरिकी डलरबराबर रहेको छ।

Esewa
Crest

सन् २०२३ कै सूची र तथ्यांकलाई आधार मान्ने हो भने पनि शीर्ष १ हजार बैंकको सूचीमा दरिनका लगि ग्लोबल आइएमई बैंकको खुद सम्पत्तिमा कम्तीमा पनि थप १९५० मिलियन अमेरिकी डलरबराबर थप सम्पत्ति आवश्यक पर्नेछ।

यसैगरी पुस मसान्तसम्मको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकको रिटर्न अन इक्विटी ११.३६ प्रतिशत र क्यापिटल एडिक्वेसी रेट १२.३७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS