IME Life New

अर्थमन्त्री र धितोपत्र ब्रोकरबीच भेटवार्ता, शेयर बजार सुधारका लागि दिए यस्ता सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र ब्रोकर एसोसिएसनको टोलीले आज नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर शुभकामना दिनुका साथै शेयर बजार सुधारका लागि विभिन्न सुझाव दिएको छ।

ललितपुरको बालकुमारीस्थित अर्थमन्त्री पुनको निवासमा बिहान भएको भेटघाटमा एसोसिएसनका अध्यक्ष सागर ढकाल नेतृत्व टोलीले शेयर बजार सुधारका लागि सुझाव दिएको हो। एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा पहिलेजस्तै लगानी गर्न दिन र हाल लगाइएको प्रतिबन्ध फुकुवा गर्न सुझाव दिएको छ।

Esewa
Crest

बैंकबाट मार्जिन प्रकृतिको ऋण लिँदा पहिलेजस्तै गरी ऋण लिन पाउने व्यवस्था मिलाउन र हाल भएको व्यक्तिगत तर्फको १५ करोड र संस्थागत तर्फको २० करोड ऋण सीमालाई खारेजी गर्न एसोसिएसनले अर्थमन्त्री पुनः सुझाव दिएको छ।

यसैगरी मार्जिन प्रकृतिको ऋणमा पहिलेको जस्तै रिस्क वेटेज १०० प्रतिशत सीमा कायम गर्न, लघुवित्त वित्तीय संस्थाहरुलाई ऋणको ब्याजदरमा लगाइएको सीमालाई खुला गर्न वा हालको सीमालाई बढाउन पनि एसोसिएसनले सुझाव दिएको छ।

धितोपत्र ब्रोकरहरुद्वारा दैनिक सेटलमेन्टबापत बैंकहरुबाट गरिँदै आएको चालुपुँजी प्रकृतिको ऋणलाई नियमित बनाउन सेटलमेन्ट बैंकहरुलाई आवश्यक निर्देशन दिन, मार्जिन कारोबारलाई सञ्चालन गर्न ब्रोकर कम्पनीहरुलाई सञ्चालकहरुको पर्सनल ग्यारेन्टीका आधारमा होलसेल लेण्डिङ गर्ने व्यवस्था मिलाउन तथा यस्तो ऋणमा ब्याजदर आधारदरमा १ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था मिलाउन, शेयर धितो राखी ऋण लिने क्रममा हाल गणना गर्ने १८० दिनको औसतलाई घटाएर १२० दिनको औसतका आधारमा ऋण दिने व्यवस्था मिलाउन र आइपीओ भई लिस्टिङ भएपश्चात सूचीकृत कम्पनीको वासलात हेरी त्यस्ता कम्पनीहरुलाई धितो राखी ऋण लिन पाउने व्यवस्था मिलाउनुपर्ने तथा हाल लिस्टिङ भई धितो ऋण लिन १८० दिन कुर्नुपर्ने व्यवस्था हटाउन एसोसिएसनले सुझाव दिएको छ।

पुँजी बजार सुधारका लागि आफूले सक्दो पहल गर्ने अर्थमन्त्री पुन ब्रोकर एसोसिएसनका पदाधिकारीसमक्ष प्रतिबद्धता गरेका छन्। ब्रोकर एसोसिएसनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायहरुसँग परामर्श गर्ने अर्थमन्त्री पुनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS