काठमाडौं । गत साता घटेको बजार यस साता भने बढेको छ । यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता नेप्से १९७२ दशमलव ०९ को विन्दुमा बन्द भएको थियो । यस साता २०३० दशमलव ५५ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ ।
यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ५१ प्रतिशत बढेको छ । फाइनान्स उपसूचक ४ दशमलव ३९ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक ३ दशलमव ०४ प्रतिशतले बढेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक २.९८ प्रतिशत बढेको छ ।
त्यस्तै, विकास बैंक उपसूचक २ दशलमव ९८ प्रतिशतले बढेको छ । अन्य उपसूचक २ दशमलव ९० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक २ दशलमव ८२ प्रतिशतले बढेको छ । होटल्स एण्ड टुरिजम उपसूचक २ दशमलव ७५ प्रतिशतले बढेको छ । बैंकि उपसुचक २ दशलमव ५७ प्रतिहतले बढेको छ ।
त्यसैगरी उत्पादनमुलक उपसूचक २ दशमलव ३८ प्रतिशतले बढेको छ । जीवन बीमा उपसूचक २ दशमलव ०१ प्रतिशतले बढेको छ । यस साता व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ० दशमलव ४५ प्रतिशतले घटेको हो । व्यापार उपसमूहको ०.१२ प्रतिशतले घटेको हो ।