IME Life New

साँवा-ब्याज भुक्तानी गर्न सहकारीका ऋणीलाई बागमती प्रदेश सरकारको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई आफूले लिएको ऋणको साँवा–ब्याज भुक्तानी गर्न आग्रह गरेको छ।

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, सोहीबमोजिम ऋणको साँवा–ब्याज भुक्तानी गर्न मन्त्रालयले आग्रह गरेको छ।

Esewa
Crest

ऋणी सदस्यले समयमै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयले अवगत गराएको छ।

विभिन्न भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS