IME Life New

१ खर्ब माथिका ३ कम्पनी, कुन–कुन हुन् शेयर बजारका ठूला कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले नयाँ अर्थमन्त्री पाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, नेकपा एसलगायतका दललाई समेटेर नयाँ समीकरण बनाएसँगै अर्थमन्त्रीमा वर्षमान पुन आएका छन्। यसअघि पनि पुनले अर्थ मन्त्रालयमा जिम्मेवारी पूरा गरेका थिए।

लामो समयदेखि नेपालको शेयर बजार साइडवेजमा चलिरहेको छ। बजारलाई प्रभावित पार्ने सबै कुरा पचिसकेको अवस्थामा पनि लगानीकर्ताको मनोबल अझै बढ्न नसकेको देखिन्छ। माओवादी केन्द्रका नेता पुन अर्थमन्त्री भएसँगै बजार बढेको छ। लगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ। अब बजारले गति लिनेमा लगानीकर्ता आशावादी देखिन्छ।

Esewa
Crest

हाल शेयर बजार कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ माथि रहेको छ। बजार पुँजीकरणका हिसाबले भने नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ५३ अर्ब ९० करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.७९ प्रतिशत रहेको छ।

यसैगरी दोस्रो ठूलो बजार पुँजीकरण कम्पनीमा नबिल बैंक रहेको छ। नबिल बजार पुँजीकरण १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नबिल बैंकको हिस्सा ३.७७ प्रतिशत रहेको छ।

शेयर बजारमा नागरिक लगानी कोष (सीआईटी) तेस्रो ठूलो बजार पुँजीकरण भएको कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ११ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा ३.४८ प्रतिशत रहेको छ। हाल १ खर्ब माथिका कम्पनी ३ वटा मात्र रहेका छन् ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ९६ अर्ब ९९ करोड रुपैयाँ (३.०४ प्रतिशत), ग्लोबल आइएमई बैंकको ६७ अर्ब ९२ करोड रुपैयाँ (२.१३ प्रतिशत), हिमालयन रिइन्स्योरेन्सको ६४ अर्ब ८९ करोड रुपैयाँ (२.०३ प्रतिशत), एनआईसी एसिया बैंकको ६२ अर्ब ९३ करोड रुपैयाँ (१.९७ प्रतिशत), एभरेष्ट बैंकको ५९ अर्ब ७८ करोड रुपैयाँ (१.८७ प्रतिशत), नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५५ अर्ब ९० करोड रुपैयाँ (१.७५ प्रतिशत) र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४९ अर्ब १२ करोड रुपैयाँ (१.५४ प्रतिशत) बजार पुँजीकरण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

67%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS