IME Life New

आजबाट सामुदायिक र बिपिडब्लु लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर प्रक्रिया पूरा गरेका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज फागुन २४ गतेबाट रोक्का गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछि दुवै संस्थाको शेयर मिलान प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो। यी दुवै लघुवित्तले मर्जरपछि आजैदेखि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्।

Esewa
Crest

दुवै लघुवित्तको गत असोज ३० गते सम्पन्न विशेष साधारणबाट एक–आपसमा मर्जर हुने प्रक्रियालाई स्वीकृत गरेका थिए। नेपाल राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जर प्रक्रियालाई गत माघ २४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते र नेपाल धितोपत्र बोर्डले फागुन ९ गते यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए।

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त १ः०८५३५ (१ शेयरबराबर ०.८५३५ शेयर) शेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

मर्जरपछि संस्थाको रजिस्टर्ड तथा केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ। एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकहरुलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकोले हिजो फागुन २३ गते १ दिनका लागि दुवै लघुवित्तको सम्पूर्ण कारोबार बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS