IME Life New

२० सदस्यीय मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । दाहाल नेतृत्वको मन्त्रिपरिषदमा बुधबार थप १६ जना मन्त्री बनेपछि २० सदस्यीय बनेको हो। हिजो सोमबार तीनजना मन्त्रीले शपथ थिए। आज थपिएका मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी भइरहेको छ।

नयाँ मन्त्रीहरुको कार्यविभाजन गरेर प्रधानमन्त्री दाहालले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । एमालेबाट पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानीमन्त्री बनेका छन्।

Esewa
Crest

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका छन्। माओवादीबाट वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। रास्वपाबाट डीपी अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकासमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS