IME Life New

वर्षमान पुन अर्थमन्त्री बन्ने निश्चित, सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालयको भागबन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ। योसँगै नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन अर्थमन्त्री लगभग पक्का भएको छ।

बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। ‘सहमतिअनुसार माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्’, ती नेताले भने, ‘अर्थमन्त्री पनि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई बनाउने निश्चित भएको छ।’

Esewa
Crest

नेकपा (एमाले)बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्ने दलहरुबीच सहमति भएको ती नेताले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि चार मन्त्रालय लिने टुंगो लागेको छ। रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्। शिक्षामा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र श्रममा उपसभापति डीपी अर्याललाई पठाउने रास्वपाले निर्णय गरेको छ।
यसअघि सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङले मन्त्रीको सपथ खाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

83%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS