IME Life New

समस्याग्रस्त ६ सहकारीका ऋणीलाई ३५ दिनभित्र ऋण तिर्न ताकेता, नत्र कालोसूचीमा राख्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा–ब्याज तिर्न निर्देशन ताकेता गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना निकालेर यस्तो ताकेता गरेको हो। तोकिएको समयमा ऋणको साँवा–ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता र सम्पत्ति रोक्का गरी कालोसूचीमा समेत राखिने कार्यालयले चेतावनी दिएको छ।

Esewa
Crest

समस्याग्रत घोषिण पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ऋणलाई ऋणको सावा–ब्याज भुक्तानी गर्न कार्यालयले निर्देशन दिएको छ। ऋणको साँवा–ब्याज यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई राफसाफ गर्न कार्यालयले सूचित गरेको छ।

तोकिएको समयभित्र दायित्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन, २०७४ को व्यवस्थाबमोजिम कुनै बैंक तथा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल–अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्नेसमेतको कारबाही हुने कार्यालयले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS