IME Life New

खानीखोला हाइड्रोपावरले १००% हकप्रद ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर ल्याउन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा खानीखोला हाइड्रोपावरले चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS