काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लक इन अवधि भोलि फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको लक इन अवधि फागुन २३ गते समाप्त हुने कम्पनीले जनाएको छ ।
हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।