IME Life New

बैंकिङ क्षेत्रविरुद्ध भ्रम छर्नेलाई कारबाही गर्ने बर्दिया प्रशासनको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैंकिङ क्षेत्रविरुद्ध भ्रम छर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बर्दिया प्रशासनले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। बैंकिङ तथा वित्तीय संस्थाहरुविरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्दै लुकिछिपी विभिन्न प्रकारका दुर्व्यहार गर्ने प्रयत्न भइरहेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘ त्यस्ता कार्यप्रति जिल्ला सुरक्षा समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’

Esewa
Crest

हाल केही समयदेखि बर्दिया जिल्लामा कथित संघ संस्था वा अभियानको नाममा भ्रमपूर्ण तथा धम्कीपूर्ण अभिव्यक्ति दिने, कानुनविपरीतका कार्य गर्ने/गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अपमान र दुर्व्यवहार गर्ने प्रयत्न भइरहेकोतर्फ ध्यानाकर्षण भएको बर्दिया प्रशासनले जनाएको छ। ‘त्यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख हामी प्रतिबद्ध छौँ’, सूचनामा भनिएको छ।

शान्तिसुरक्षा र सुशासन कायम राख्ने कार्यमा आ–आफ्नो तह, क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न गराउन समयमै सूचना उपलब्ध गराई सचेत नागरिकको कर्तव्य निभाउन पनि जिल्लावासीहरुलाई बर्दिया प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS