Connect IPS
IME Life

सत्ता समीकरण परिवर्तनले नेप्सेमा उछाल, तेस्रो सर्किटसँगै बाँकी समयको कारोबार स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सत्ता समीकरण परिवर्तनले शेयर बजारमा सोमबार उछाल आएको छ। लगातार तेस्रो माथिल्लो सर्किट लागेर शेयर बजारको बाँकी समयको कारोबार स्थगित भएको छ।

आज बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो माथिल्लो सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशतको बढोत्तरी भएपछि दोस्रो माथिल्लो सर्किट लागेको थियो। अनि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो।

Prabhu
Crest

बजार ४० मिनेट बन्द भएर खुलेको केही क्षणमै नेप्से परिसूचकमा ६ प्रतिशतको बढोत्तरीका साथ तेस्रो माथिल्लो सर्किट लागेको हो। योसँगै बाँकी समयको कारोबार आजका लागि स्थगित गरिएको छ।

आज नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ को विन्दुमा बन्द भएको छ। बजारमा उछाल आउँदा २३० वटा कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको मात्रै घटेको छ।

आज बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ। यो कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन ३२ वटा कम्पनीको शेयरभाउमा पोजेटिभ सर्किट लागेको छ । जसमा ५ वटा कम्पनीको शेयरभाउमा १० प्रतिशत र बाँकी २७ वटामा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

बजारमा उछाल आउँदो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने म्युचुअल फन्ड समूहमा मात्रै रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ७.८६ प्रतिशतले उकालो लागेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS