IME Life New

सत्ता समीकरण परिवर्तनले नेप्सेमा उछाल, तेस्रो सर्किटसँगै बाँकी समयको कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता समीकरण परिवर्तनले शेयर बजारमा सोमबार उछाल आएको छ। लगातार तेस्रो माथिल्लो सर्किट लागेर शेयर बजारको बाँकी समयको कारोबार स्थगित भएको छ।

आज बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो माथिल्लो सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशतको बढोत्तरी भएपछि दोस्रो माथिल्लो सर्किट लागेको थियो। अनि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो।

Esewa
Crest

बजार ४० मिनेट बन्द भएर खुलेको केही क्षणमै नेप्से परिसूचकमा ६ प्रतिशतको बढोत्तरीका साथ तेस्रो माथिल्लो सर्किट लागेको हो। योसँगै बाँकी समयको कारोबार आजका लागि स्थगित गरिएको छ।

आज नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ को विन्दुमा बन्द भएको छ। बजारमा उछाल आउँदा २३० वटा कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको मात्रै घटेको छ।

आज बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ। यो कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन ३२ वटा कम्पनीको शेयरभाउमा पोजेटिभ सर्किट लागेको छ । जसमा ५ वटा कम्पनीको शेयरभाउमा १० प्रतिशत र बाँकी २७ वटामा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

बजारमा उछाल आउँदो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने म्युचुअल फन्ड समूहमा मात्रै रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ७.८६ प्रतिशतले उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS