IME Life New

सत्ता गठबन्धन भत्किने लगभग निश्चित, नयाँ समीकरण बनाउन दलहरु छलफलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष र मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन भत्किने लगभग निश्चित भएको छ। योसँगै नयाँ सत्ता समीकरण बनाउन दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमलाई आज बिहानैदेखि दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान भएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन भत्काए नयाँ सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय गरेको छ।

Esewa
Crest

कांग्रेससँगको गठबन्धन टुट्ने लगभग निश्चित भएपछि नयाँ समीकरण बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपालगायतका नेताहरु सहमति नजिक पुगेका छन्। रास्वपाको बैठकले अहिले देखापरेको राजनीतिक परिस्थितिमा गर्नुपर्ने तत्कालिक निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। अहिलेको सत्ता गठबन्धन भत्किएमा नयाँ सत्ता समीकरणमा जान रास्वपा पनि तयार रहेको स्रोत बताउँछ। ‘जसपाका नेताहरु पनि नयाँ सत्ता समीकरणमा सहभागी हुन इच्छुक देखिएका छन्’, स्रोतले भन्यो।

यसैबीच आज बस्ने भनेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। सभा शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस पदाधिकारीको बैठकले भने सत्ता गठबन्धन जोगाउन हदैसम्म लचकता अपनाउने निर्णय गरेको छ। यो निर्णय गरेसँगै सभापति देउवासहितका केही पदाधिकारी छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS