काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा बन्द भएको हो।
बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७३ वटाको घटेको छ। आज ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता शेयर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएका छन् । यो दिन सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।
आज सर्वाधिक कारोबार भएका १० कम्पनी
- सोनपुर मिनरल्सः १३ करोड २० लाख रुपैयाँ
- शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३० लाख रुपैयाँ
- बोटलर्स नेपाल (तराई)ः ५ करोड ८८ लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः ४ करोड ९९ लाख रुपैयाँ
- मोलुङ हाइड्रोपावरः ४ करोड ५० लाख रुपैयाँ
- घोराही सिमेन्टः ३ करोड ९४ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ३ करोड ८९ लाख रुपैयाँ
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ३ कोड ५३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३ करोड ३१ लाख रुपैयाँ