IME Life New

आगामी बजेटका लागि करसम्बन्धी सुझाव पेस गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि कर र समग्र कर प्रणाली सुधारका लागि सुझाव पेस गर्न आग्रह गरेको छ ।

अर्थ मन्त्रालयमातहतको आन्तरिक राजस्व विभागअन्तर्गतको राजस्व परामर्श उपसमितिले एउटा सूचना जारी कर तथा कर प्रणाली सुधारका लागि सुझाव पेस गर्न आग्रह गरेको हो। आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई–कमर्समा लगाइने करलगायत आर्थिक ऐनबमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणसम्बन्धी सुझाव दिन सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

आउँदो चैत ५ गतेभित्र सुझाव दिनका लागि सम्बन्धित संघसंस्था, सरकारी निकाय, बुद्धिजीवी एवं सरोकारवाला सबैलाई आग्रह गरिएको छ। सुझाव काठमाडौंको लाजिम्पाटस्थित विभागको नीति विश्लेषण शाखामा पेस गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS