Connect IPS
IME Life

सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जनाले सेवा पाएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।

आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् । मातृका आई फाउन्डेसनको सहयोगमा डा. कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गरेको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए ।

Prabhu
Crest

उनका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गरेका थिए । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उनले जानकारी दिए ।

त्यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गरेका थिए। दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिए ।

शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएका थिए । यस्तै शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS