IME Life New

यी हुन् हिमालयन रिइन्स्योरेन्सका ३१ ठूला शेयरधनी, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा केही महिनाअघिबाट आएको हो। यो कम्पनीले प्रिमियममा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको छ। नेपाल बीमा प्राधिकरणले भर्खरै पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। सोहीबमोजिम हिमालयन रिइन्स्योरेन्सले प्राधिकरणमा आफ्नो क्यापिटल प्लान पेस गरिसकेको छ।

Esewa
Crest

यो कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको छ। हिमालयन रिले आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव फागुन २० गते बस्ने तेस्रो वार्षिक साधारणसभाबाट पारित गर्दैछ। बोनश शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ। हिमालयन रिले ८० प्रतिशतले हुन आउने करिब ८ अर्ब ३२ करोड रुपैयाँबराबर हकप्रद शेयर बिक्रीपछि चुक्तापुँजी करिब १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ। हिमालयन रिले प्राधिकरणमा बोनश शेयर वितरणपछि कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद ल्याउने र न्यूनतम चुक्तापुँजी पुग्न बाँकी रहेको रकम आर्थिक वर्ष २०८०/८१ का लागि बोनश शेयर वितरण गरेर पुर्याउने पुँजी योजना पेस गरेको छ।
हिमालयन रिको तेस्रो वार्षिक साधारणसभा फागुन २० गते (आइतबार) बस्दैछ। सोही सभाले बोनश शेयर र हकप्रद ल्याउने अजेन्डा पारित गर्नेछ।

हिमालयन रिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार १ प्रतिशत तथा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका ३१ शेयरधनी रहेका छन्। अम्बर प्रोभेस्टमेन्ट प्रालि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी रहेको छ। यसको हिमालयन रिमा ९.६९ प्रतिशत (६७ लाख ८५ हजार कित्ता शेयर) हिस्सा रहेको छ।

यसैगरी दोस्रो ठूलो शेयरधनीमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्। यी दुवै बैंकको यो कम्पनीमा ७.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ। अर्थात दुवै बैंकसँग यो कम्पनीको समान ५० लाख कित्ता शेयर रहेको छ।

त्यस्तै इन्फिनिटी होल्डिङको ६.४३ प्रतिशत (४६ लाख कित्ता), जगदम्बा मोटर्सको ४.५७ प्रतिशत (३२ लाख कित्ता), जगदम्बा स्टिल्स र विकास दुगर्डको समान ३.१४ प्रतिशत (२२ लाख कित्ता), हंशराज हुलाचचन्द एन्ड कम्पनी र साफ्रोन सीके इन्भेस्टमेन्टको समान २.८६ प्रतिशत (२० लाख कित्ता) तथा आरएमसी कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट र शशिकान्त अग्रवालको समान २.१४ प्रतिशत (१५ लाख कित्ता) शेयर स्वामित्व रहेको छ।

यस्तै हिमालय रिमा अक्कर्ड क्याफिन, अटल क्यापिटल, कालिका फिनकर्प र कार्भ्य ग्लोबलको समान १.९३ प्रतिशत (१३ लाख ५० हजार कित्ता) शेयर स्वामित्व रहेको छ। अजन्ता होल्डिङ, विकास जेबी राना, कैलाश सिरोहिया, कीर्ति अपेक्स, राहुलकुमार अग्रवाल, राजेश हार्डवेयर, सन्दीपकुमार अग्रवाल, शलिमार इन्भेस्टमेन्ट, सौर्य सिमेन्ट इन्डस्ट्रिज, उज्जिवन मर्चेन्ट र वन्डर भेन्चर्सको समान १.४३ प्रतिशत (१० लाख कित्ता) शेयर स्वामित्व रहेको छ।

हिमालयन रिमा एक्सप्रेस इन्भेस्टमेन्ट र कामधेनु इन्भेस्टमेन्टको समान १.२९ प्रतिशत (९ लाख कित्ता) तथा पशुपति मुरारका र शिरिषकुमार मुरारकाको समान १.०४ प्रतिशत (७ लाख २५ हजार कित्ता) शेयर स्वामित्व रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

47%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS