IME Life New

यस साता नेप्सेमा ७ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्सेमा सात कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । जसमा सिटिजन लाइफ, फर्स्ट माइक्रोफाइनान्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी, राद्यी विद्युत कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी , शिवम् सिमेन्ट र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो । यी कम्पनीको आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा सिटिजन लाइफको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता , नेपाल इन्स्योरेन्सको १० प्रतिशत बराबरको १४ लाख ९४ हजार ७६६ कित्ता, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनश शेयर बराबरको ४४ लाख ९८ हजार ०७७.३७ कित्ता, ,शिवम सिमेन्टको १४.२५ प्रतिशत बोनश बापतको ६२ लाख ७० हजार कित्ता र राधि विद्युतको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९०।४१ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

त्यसैगरी हाथेव इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयर बापतको २३ लाख ४० हजार कित्ता, र फर्स्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनश शेयर बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

त्यसैगरी यसै साता नविल डिबेञ्चर २०८७ र सरकारको विकास ऋणपत्र समेत सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS