IME Life New

नेप्से ३२०० हुँदा बैंकिङ सेक्टरका शेयर किन्नेहरुको लगानी ३०% बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालको शेयर बजारले करिब साढे २ वर्षदेखि खराब प्रदर्शन गरिरहेको छ। २०७८ भदौ २ गते हालसम्म उच्च विन्दु ३२०० बाट ओरालो लागेको बजार अहिले २००० को विन्दु तल कारोबार भइरहेको छ।

त्यतिबेला नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिमार्फत ल्याएको नीतिगत व्यवस्थाले शेयर बजारमाथि ठूलै प्रहार भयो। उच्च विन्दुमा पुगेको शेयर बजार एकाएक धराशायी बन्न पुगेको छ। पछिल्लो केही समयदेखि राष्ट्र बैंकले नीतिगत व्यवस्था खुकुलो बनाउँदै लगे पनि शेयर बजारले गति लिन सकेको छैन। बजार अझै साइडवेजमै चलिरहेको छ।

Esewa
Crest

नेप्सेमा बजार पुँजीकरणको हिसाबले वाणिज्य बैंकहरुको हिस्सा ठूलो रहेको छ। तर, बजार ओरालो लाग्दा अहिले नेप्सेमा सूचीकृत प्रायः सबै वाणिज्य बैंकको शेयरभाउ निकै तल आएको छ। जानकारहरु बैंकिङ सेक्टरमा उछाल नआई बजारमा बुल नआउने तर्क गर्छन्। तर, बैंकिङ सेक्टरले खासै उत्साहजनक प्रदर्शन गर्न सकिरहेका छन्।

पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै जानु, नाफामा संकुचन आउनु र थुप्रैको वितरणयोग्य मुनाफा ऋणात्मक देखिनुले पनि लगानीकर्ताको रोजाइमा यो सेक्टर पर्न नसकेको देखिन्छ।

नेप्सेमा उच्च विन्दु चुमेको बेला नबिल बैंकको शेयरभाउ प्रतिकित्ता १४९५ रुपैयाँ थियो। बिहीबार नबिल बैंकको ४२९.५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो हिसाबले त्यतिबेला १४९५ रुपैयाँ शेयर किनेका लगानीकर्ताको सम्पत्ति ७० प्रतिशत बढीले घटेको छ।

यसैगरी त्यतिबेला एनआईसी एसिया बैंकको शेयरभाउ ९९५ रुपैयाँ थियो। अहिले घटेर ४१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एनआईसी एसिया बैंकको शेयरभाउ पनि साढे ५८ प्रतिशतले घटेको छ।

एभरेष्ट बैंकको शेयरभाउ पनि त्यतिबेला ७५९ रुपैयाँ पुगेको छ। अहिले घटेर ४९९.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यतिबेला उच्च मूल्यमा शेयर किनेका लगानीकर्ताको सम्पत्ति ३४ प्रतिशत बढीले घटेको छ।

त्यतिबेला कृषि विकास बैंकको शेयर लगानी गर्नेहरुले पनि अहिले सर्वाधिक गुमाएको देखिन्छ। त्यतिबेला कृषि विकास बैंकको शेयरभाउ ५९५ रुपैयाँ थियो। अहिले घटेर २२५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो बैंकको शेयरभाउ ६२ प्रतिशतले घटेको छ।

बजार उच्च विन्दु चुम्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ५८१ रुपैयाँ, सिद्धार्थ बैंकको ५७३ रुपैयाँ, नेपाल बैंकको ५६४ रुपैयाँ, सानिमा बैंकको ५३८ रुपैयाँ र प्राइम कमर्सियल बैंकको ५२१.९० रुपैयाँ पुगेको थियो। अहिले यी चारै बैंकको शेयरभाउ घटेर क्रमशः ५०५ रुपैयाँ, २१६.७० रुपैयाँ, २१४.५० रुपैयाँ, २३४.२० रुपैयाँ र १९० रुपैयाँमा अन्तिम कारोबार भएका छन्। यो अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरभाउ १३ प्रतिशत, सिद्धार्थ बैंकको ६२ प्रतिशत, नेपाल बैंकको ६२ प्रतिशत, सानिमा बैंकको साढे ५६ प्रतिशत र प्राइम कमर्सियल बैंकको साढे ६३ प्रतिशतले घटेको छ।

त्यतिबेला ग्लोलब आइएमई बैंकको शेयरभाउ ४८४.४० रुपैयाँ, एनएमबि बैंकको ४७४.९० रुपैयाँ, प्रभु बैंकको ४७३.५० रुपैयाँ, माछापुच्छ्रे बैंकको ४३३ रुपैयाँ, सिटिजन्स बैंकको ४१५ रुपैयाँ र नेपाल एसबीआई बैंकको ४०२ रुपैयाँमा कारोबार भएको थियो। अहिले ग्लोलब आइएमई बैंकको शेयरभाउ १८१.९० रुपैयाँ, एनएमबि बैंकको १७७.२० रुपैयाँ, प्रभु बैंकको १४१.५० रुपैयाँ, माछापुच्छ्रे बैंकको १७६.८० रुपैयाँ, सिटिजन्स बैंकको १६१ रुपैयाँ र नेपाल एसबीआई बैंकको २८३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ग्लोबल आइएमईको शेयरभाउ साढे ६२ प्रतिशत, एनएमबि बैंकको पनि साढे ६२ प्रतिशत, प्रतिशतको ७० प्रतिशत, माछापुच्छ्रेको ५९ प्रतिशत, सिटिजन्सको ६१ प्रतिशत र एसबीआईको साढे २९ प्रतिशतले घटेको छ।

कुमारी बैंकको शेयरभाउ पनि बजार ३२०० को विन्दु चुम्दा बढेर ३८७ रुपैयाँ पुगेको थियो। अहिले घटेर १४०.६० रुपैयाँमा झरेको छ। यो बैंकका लगानीकर्ताकाको सम्पत्ति यो साढे २ वर्षमा करिब ६४ प्रतिशतले घटेको छ।

अहिले हिमालयन बैंकको शेयरभाउ पनि घटेर १८७ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १५८.१० रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १६२.६० रुपैयाँमा अन्तिम कारोबार भएका छन्।

नेप्से ३२०० को विन्दुमा हुँदा बैंकिङ सेक्टरका शेयर किन्नेहरुको लगानी ७० प्रतिशतसम्म घटेको देखिन्छ। यस हिसाबले लगानीकर्ताको सम्पत्ति ३० प्रतिशतमात्रै बाँकी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

21%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS