IME Life New

नेपाल रि र सीआईटीको २३.१२ लाख कित्ता शेयर बिक्री गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र नागरिक लगानी कोष (सीआईटी)को २३ लाख १२ हजार बढी कित्ता शेयर आज फागुन १८ गतेबाट बिक्रीमा राखिएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल रि र सीआईटीको कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा नेपाल रिको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता शेयर रहेको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयर र अन्य योग्य लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १५ हजार कित्ता र अधिकतममा ५ हजारले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

बिक्रीमा राखिएको नेपाल रिको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको ७८० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ।

इच्छुक लगानीकर्ताले आउँदो चैत २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS