IME Life New

यो साता करिब ३४ अंकले घट्यो नेप्से, लगानीकर्ताको ५४ अर्ब स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताका लागि यो साता खासै सुखद् रहन सकेन । पाँच कारोबार दिनमा बजार २ दिनमात्रै बढ्यो भने ३ दिन घटेको छ। नेप्से परिसूचक करिब ३४ अंकले घटेको छ।

यो साता शेयर बजार ३३.७४ अंक गुमाएको हो। गत साता बिहीबार २००५.८३ को विन्दुमा रहेको बन्द भएको नेप्से यो साता बिहीबार १९७२.०९ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

बजार घट्दा यो साता १३ वटा उपसमूहमध्ये ११ वटामा गिरावट आएको छ भने २ वटामा मात्रै बढोत्तरी भएको छ। यो साता बैंकिङ, होटेल तथा पर्यटन, अन्य, जलविद्युत, विकास बैंक, निर्जीवन बीमा, वित्त, लघुवित्त, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहमा गिरावट आएको छ भने उत्पादन तथा प्रशोधन र व्यापार समूहमात्रै बढेका छन्।

यो साता बजार पुँजीकरण पनि घटेर ३० खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो साता बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यो साता लगानीकर्ताहरुको सम्पत्ति ५४ अर्ब रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS