काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले घटेर १,९७२ दशलमव ०९ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।