काठमाडौं । आज शेयर बजार बढेर २ हजार को विन्दु नाघेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । हिजोको तुलनामा कारोबार रकम भने घटेर १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ८ करोड २९ लाख रुपैषँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव २६ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।