IME Life New

आइपीओ ल्याउँदै ठमेल प्लाजा होटल, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ ल्याउने प्रस्ताव पारित गर्न १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। होटल सञ्चालक समितिको बैठकले आउँदो चैत ७ गते वार्षिक साधारणसभा डाकेको हो। सभा होटलको सभाकक्षमा दिउँसो ४ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर निष्कासन (आइपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन नियमनकारी निकायहरुबाट कुनै किसिमको फेरबदल, संशोधन एवं थपघटसम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोहीबमोजिमको आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले पुँजी संरचना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारिन गर्नुका साथै बैंक तथा वित्तीय संस्थाबाट चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)भन्दा बढी ऋण लिने तथा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ।

सभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS