IME Life
Beema Board

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, १००% हकप्रद शेयर ल्याउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २९ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। यो कम्पनी ल्याउन विद्युत नियम आयोगले गत माघ २२ गते सहमति प्रदान गरेको थियो।

Prabhu
Crest

हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजना (५० मेगावाट)मा लगानी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनी अधिकृत तथा जारी पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले चारजना सञ्चालकको निर्वाचन पनि गर्नेछ। अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थको मतलब चैत ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS